‘विक्रम वेदा’को हिन्दी रिमेकमा आमिर र सैफ ?

‘विक्रम वेदा’को हिन्दी रिमेकमा आमिर र सैफ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ रिमेक ‘कबिर सिंह’ सुपरहिट भएसँगै पछिल्लो समय बलिउडमा साउथ सिनेमाको हिन्दी रिमेक बन्ने क्रममा निकै बृद्धि भएको छ । यस्तैमा तामिलको सुपरहिट सिनेमा ‘विक्रम वेदा’को हिन्दी रिमेक बन्ने चर्चाले केही दिनदेखि बलिउड मिडिया तताएको छ । यो सिनेमाको हिन्दी रिमेकमा आमिर खान र सैफ अली खानको मुख्य भुमिका रहने चर्चा समेत बलिउड मिडियामा भैरहेको छ ।बक्सअफिस र समीक्षात्मक हिसाबमा पनि सफल यो तामिल सिनेमामा दुई चर्चित अभिनेता आर माधवन र विजय सेथुपथीको मुख्य भुमिका रहेको छ । क्राइम थ्रिलर जनारामा निर्माण भएको सिनेमाको हिन्दी रिमेकको तयारी भैरहेको छ । सिनेमामा सैफ अली खान र आमिर खान विक्रम र वेदाको भूमिकामा अनुबन्धित हुनसक्ने खबर बलिउड हंगामाले प्रकाशित गरेको छ ।यो तामिल सिनेमालाई पुष्कर गायत्रीले निर्देशन गर्नेछन् । तमिल भाषामा पनि यो सिनेमालाई पुष्कर गायत्रीले नै निर्देशन गरेका थिए । रिलायन्स इन्टरटेनमेन्ट र निरज पाण्डेले संयुक्त लगानीमा निर्माण हुने सिनेमाका लागि प्रस्तावित दुवै कलाकारको प्रतिक्रिया सकारात्मक रहेको बताइएको छ । प्रि-प्रोडक्सनको काम भइरहेको सिनेमा जुन २०२० बाट फ्लोरमा जाने तयारीका साथ काम भैरहेको छ । आमिरले यसअघि नै आफ्नो होम प्रोडक्सन सिनेमा ‘लाल सिंह चढ्ढा’को छायाँकन सक्नेछन् ।