‘रातो टिका निधारमा’ गीत: रोमान्टिक साम्राज्ञी र अंकित

‘रातो टिका निधारमा’ गीत: रोमान्टिक साम्राज्ञी र अंकित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षको प्रतिक्षित सिनेमा ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मेरो माया के हो’ बोलको रोमान्टिक नम्बरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्मा फिचरिङ छन् ।नेपाल आइडलबाट उदाएका निशान भट्टराई र अश्मिता अधिकारीले स्वर भरेको गीतमा रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ । बसन्त श्रेष्ठले कोरियोग्राफी भरेको गीतमा साम्राज्ञी र अंकितको केमेस्ट्री सुहाएको छ । गीतमा साम्राज्ञीलाई पहिलो पटक सारीमा प्रस्तुत गरिएको छ ।

अशोक शर्मा निर्देशित सिनेमा आगामी दशैँमा रिलिज हुँदैछ । किरण शर्मा र कृति शर्माले निर्माण गरेको सिनेमामा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।