‘सोच’ गीत रिलिज : एक अर्काको साहारामा निता र प्रज्वल

‘सोच’ गीत रिलिज : एक अर्काको साहारामा निता र प्रज्वल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन लभस्टोरी सिनेमा ‘सोच’ मा समाबेश पहिलो गीत ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार नीता ढुंगाना र प्रज्वल गिरीलाई फिचर्ड गरिएको छ । शंकर अधिकारी घायलको शब्द रचना रहेको गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ ।पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको सिनेमामा नीता र प्रज्वलका साथमा डेव्यु अभिनेता तथा निर्देशक पूजन सिंहको पनि प्रमुख भूमिका रहेको छ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको सिनेमामा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको सिनेमा बिदुर पाण्डेले छायाँकन गरेका हुन् । कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको ‘सोच’मा एनबि महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।