‘रोबोर्ट’ निर्देशकको सिनेमामा शाहरुख र ज्याकी च्यान ?

‘रोबोर्ट’ निर्देशकको सिनेमामा शाहरुख र ज्याकी च्यान ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘आई’ ‘रोबोर्ट’, ‘२.०’ लगायतका सुपरहिट सिनेमा निर्देशकन गरिसकेका तामिल सिनेमाका हिट निर्देशकको नयाँ सिनेमामा शाहरुख खान रहने चर्चा अहिले बलिउड मिडियामा भैरहेको छ । यसअघि यो सिनेमाका लागी शंकरले ऋतिक रोशनलाई अफर गरेका थिए । ऋतिकले उक्त सिनेमामा काम गर्न नमाने पछि उनको ठाउँमा निर्देशक शंकरले शाहरुखलाई लिएका हुन् ।शंकरले एक साई-फाई थ्रिलर जनरामा निर्माण हुने सिनेमाका लागि शाहरूखलाई प्रस्ताव गरेका हुन् । शंकरले यो सिनेमाको काम कमल हसनको मूख्य भूमिका रहेको ’इण्डियन २’को छायाँकन सकेपछि सुरू गर्नेछन । केहि महिना अगाडी शंकरले ऋतिकलाई सिनेमाको स्क्रिप्ट सुनाएको भएपनि ऋतिकले फराह खान ’सत्ते पे सत्ता’मा रूचि देखाएपछि सिनेमा शाहरुखको पोल्टामा गएको चर्चा बलिउड मिडिया भैरहेको छ ।अहिले यो सिनेमाको कथावस्तुलाई लिएर निर्देशक शंकर र अभिनेता शाहरुख विच प्रारम्भिक चरणको छलफल चलिरहेको बताइन्छ । तर, यस विषयमा हालसम्म शाहरुख र निर्देशक एस शंकर दुवैले मुख खोलाका छैनन् । यस्तै यो सिनेमाका लागि निर्देशक शंकरले चिनियाँ सुपरस्टार च्याकी च्यान, तामिल सुपरस्टार विजय तथा चिनियाँ अभिनेत्री लि बिङबिङलाई समेत महत्वपूर्ण भूमिकाका लागि अफर गरेका भएता पनि कसैले पनि सिनेमा गर्ने वा नगर्ने विषयमा केही पनि बोलेका छैनन् ।