anmol jasita

‘हजार जुनीसम्म’को शिर्ष गीतको लिरिकल भिडियो रिलिज

‘हजार जुनीसम्म’को शिर्ष गीतको लिरिकल भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हजार जुनीसम्म’को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको शिर्ष गीतमा सिनेमा मुख्य कलाकारहरुका चल अचल दृश्य समावेश गरिएको छ । योगेन्द्र घतानीको संगीत र पवन चाम्लिङको शब्द रचना रहेको गीतमा आयुष केसीको स्वर रहेको छ । यो गीतमा ओर्जिनल गायक उदय सोताङ हुन् ।

एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई विकास राज आचार्यले निर्देशन गरेका हुन् । ‘हजार जुनीसम्म’को सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शक माझ एक किसिमको हाइप निर्माण गरिसकेको छ । यसैले पनि दर्शक हलसम्म सिनेमा हेर्न पुग्ने निर्माण टिमको विश्वास छ ।सिनेमामा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । विशाल चाम्लिङ निर्माता रहेको मल्टिस्टारर सिनेमाकी कार्यकारी निर्माता बाल कलाकार अनुभव रेग्मीकी आमा कविता रेग्मी हुन् ।