साराको जन्मदिनमा ‘कुल्ली नम्बर १’को पोस्टर उपहार

साराको जन्मदिनमा ‘कुल्ली नम्बर १’को पोस्टर उपहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड निर्देशक डेभिड धवनले अभिनेत्री सारा अली खानका फ्यानलाई उपहार दिएका छन् । उनले वरुण धवन र सारा अली खानको मुख्य भुमिका रहेको सिनेमा ‘कुल्ली नम्बर १’को रिमेकको फस्टलुक पोस्टर फ्यानलाई उपाहार दिएका छन् । यो सिनेमाको गएको हप्ताबाट थाइल्याण्डमा छायाँकन भैरहेको छ ।सार्वजनिक थिम पोस्टरमा बरुण र सारा फिचर्ड गरिएको छ । सार्वजनिक पोस्टरमा बरुण र साराको रोमान्टिक अवतारलाई प्रस्तुत गरिएको छ । ९० को दशकमा सुपरहिट भएको सिनेमा ‘कुल्ली नम्बर १’मा बलिउड अभिनेता गोविन्दा र अभिनेत्री करिश्मा कपुरको मुख्य भूमिका थियो ।

‘कुल्ली नम्बर १’को रिमेक डेभिड धवनको ४५ औं सिनेमा हो । यो डेभिड र बरुणको तेस्रो सहकार्य हो । ‘कुल्ली नम्बर १’मा बरुण र साराको पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गर्दैछन् । ‘पूजा इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भैरहेको सिनेमामा वाशु भग्नानी, ज्याक्की भग्नानी र दिपशिखा देशमुखको लगानी रहने छ । यो सिनेमा सन् २०२० को मे १ मजदुर दिवसको अवसरमा रिलिज हुनेछ ।