anmol jasita

‘वार’ पोस्टर : ऋतिक र टाइगरको एक्सन, वाणीको ग्ल्यामर लुक्स

‘वार’ पोस्टर : ऋतिक र टाइगरको एक्सन, वाणीको ग्ल्यामर लुक्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैंको अवसरमा प्रदर्शन हुने ऋतिक रोशन र टाइगर श्रोफ स्टारर बलिउड सिनेमा ‘वार’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । तामिल, तेलगु र हिन्दी गरि तीन भाषामा प्रदर्शन हुने सिनेमाको पोस्टरमा मुख्य कलाकार ऋतिक रोशन र टाइगर श्रोफलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । भने, मुख्य अभिनेत्री बाणी कपुरको ग्ल्यामर लुक्सलाई स्थान दिइएको छ ।केही समय पहिले सार्वजनिक टिजरले ‘वार’लाई वर्षकै प्रतिक्षित सिनेमाको रुपमा उभ्याएको छ । सार्वजनिक टिजरमा दुई एक्सन स्टार विचको घमासान युद्धलाई स्थान दिइएको थियो । पछिल्लो समय एक्सन र नृत्यमा पोख्त ऋतिक र टाइगर विचको युद्ध रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यसराज फिल्मसको प्रस्तुतिमा निर्माण भीको सिनेमा ‘वार’ असोज १५ अर्थात अक्टुबर २ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । आदित्य चोपडाको लगानी रहेको सिनेमालाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।