anmol jasita

‘कबड्डी ३’ शिर्ष गीतमा कालीप्रसाद र अनुपमबीच र्याप ब्याटल

‘कबड्डी ३’ शिर्ष गीतमा कालीप्रसाद र अनुपमबीच र्याप ब्याटल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज ३ गते रिलिज हुने सिनेमा ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’ रिलिज गरिएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटा र अभिनेता अनुपम शर्मा फिचरिङ गीतको कन्सेप्ट नयाँ छ ।कालीप्रसाद र अनुपमको कबड्डी र्याप ब्याटलले दर्शकमा मनोरंजन दिन्छ । कालीप्रसादको कन्सेप्टमा तयार गीतमा सिनेमाको केहि अंशहरुलाई समेटिएको छ । गीतको भिडियो निर्देशन बिजु कर्माचार्यले गरेका हुन् ।

रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, रिश्मा गुरुङ,  उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राईको अभिनय छ ।

सिनेमा बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । सिनेमाको सह-लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् । सिनेमामा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।