anmol jasita

आयुषमान महिला बनेको ‘ड्रिम गर्ल’ ट्रेलर रिलिज

आयुषमान महिला बनेको ‘ड्रिम गर्ल’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘राष्ट्रिय अवार्ड – २०१८’ विजेता आयुषमान खुरना अभिनित सिनेमा ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । कमेडी ट्रेलरमा आयुषमान छाएका छन् । सिनेमामा उनले महिलाको भूमिका निर्वाह गरेका छन् ।‘ड्रिम गर्ल’को कथा यस्तो युवकको हो । जसले रामलीलामा महिला बनेर सिताको भूमिका निर्वाह गर्छ । एक दिन उसको पिताले थाहा पाएर गाली गरेपछि उ कल सेन्टरमा जागिरे बन्न पुग्छ । त्यहाँ ग्राहक बनाउने क्रममा उसले महिलाको लवज र स्वरमा ग्राहकसँग अन्तरक्रिया गर्छ ।

उसको बोलिमा लठ्ठीएर थुप्रै पुरुषहरु प्रेममा पर्छन । जहाँ समलिंगी महिला पनि उसको प्रेममा पर्छिन । पूजा नामको उक्त पात्र आयुषमानले निभाएका छन् । स्वरबाटै प्रेममा परेका ती पात्रको लागि पूजा अर्थात आयुषमान ‘ड्रिम गर्ल’ सावित हुन्छिन । आयुषमानको प्रेमिका पनि छिन् । यिनै पात्रको वरिपरि घुम्ने सिनेमाको ट्रेलर रोमाञ्चक छ ।

राज शान्दिल्या निर्देशित सिनेमामा नुश्रत भरुचाको पनि अभिनय छ । सिनेमा सेप्टेम्बर १३ अर्थात भदौ २७ मा रिलिज हुँदैछ ।

आयुषमानको अर्को सुपरहिट

पछिल्लो समय कन्टेन्टबेस सिनेमामा काम गरिरहेका आयुषमानको करिअरमा ‘ड्रिम गर्ल’ अर्को सुपरहिट सिनेमा सावित हुने अनुमान गरिएको छ । युट्युबमा दर्शकले आयुषमानको तारिफ गर्दै कन्टेन्टबेस सिनेमा दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

आयुषमानका पछिल्ला केहि सिनेमा बक्सअफिस र समिक्षात्मक रुपमा  लगातार सफल भैरहेका छन् । केहि दिन अगाडी मात्रै सिनेमा ‘अन्धाधुन’बाट आयुषमानले उत्कृष्ट अभिनेताको विधामा राष्ट्रिय अवार्ड हात पारेका थिए ।