सलमान र शाहरुखलाई उछिन्दै गुगल सर्चको पहिलो नम्बरमा सन्नी

सलमान र शाहरुखलाई उछिन्दै गुगल सर्चको पहिलो नम्बरमा सन्नी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोन गुगलमा सर्वाधिक खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी छन । गुगलले सार्वजनिक गरेको भारता सार्वाधिक खोजिने व्यक्तिको लिस्टमा सन्नी परेकी हुन । अगस्टसम्मको आँकडामा सन्नीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता सलमान खान र शाहरूख खानलाई पछि पारेकी हुन् ।गुगल ट्रेन्डस् विश्लेषकका अनुसार इन्टरनेट प्रयोगकर्ताहरूले सन्नीको वायोपिक ’करणजीत कौरः द अन्टोल्ड स्टोरी’लाई पनि खोजेका अत्याधिक खोजेका छन् । यस्तै, भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले उनको भिडियोको बारेमा पनि धेरै खोजी गर्ने गरेका पाइएको छ । सन्नीलाई भारतको पूर्वोत्तर राज्य मणिपुर तथा आसाममा धेरै खोजिएको गुगलले जनाएको छ ।आफू धेरै गुगुल गरिने बलिउड अभिनेत्रीमा परेको जानकारी पाएकी सन्नीले यसको श्रेय आफ्ना प्रशंसकलाई दिएकी छन् । गत वर्ष पनि सन्नी सर्वाधिक खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी थिइन् । सन्नी अभिनित नेपाल सिनेमा पासवर्डमा समेत अभिनय गरेकी छन् । उनी अभिनित सिनेमा आगामी भाद्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।