निताको एक्शन लभस्टोरी ‘सोच’ ट्रेलर रिलिज (भिडियो)

निताको एक्शन लभस्टोरी ‘सोच’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निता ढुंगाना र प्रज्वल गिरी स्टारर एक्शन लभस्टोरी सिनेमा ‘सोच’को ट्रेलर बुधबार इन्टरनेटमा सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र डेव्यु अभिनेता पुजन सिंह बीचको प्रेम र द्धन्द्धलाई प्रस्तुत गरिएको छ ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको सिनेमालाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । निर्देशक पुजनकै कथा रहेको सिनेमाको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको सिनेमालाई बिदुर पाण्डेले छायाँकन गरेका हुन् ।

‘सोच’मा उत्तम केसी, बिशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमा मनोरञ्जनको पुर्ण खुराक रहेको निर्देशक पुजन बताउँछन् । कृष्ण आचार्यको पटकथा तथा सम्वाद रहेको सिनेमामा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । ‘सोच’लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।