ह्योल्मो भाषाको सिनेमा ‘मेतोक’ ट्रेलर रिलिज

ह्योल्मो भाषाको सिनेमा ‘मेतोक’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ह्योल्मो भाषामा निर्माण भएको पहिलो सिनेमा ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्य समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको सिनेमाको ट्रेलर निकै सुन्दर छ । सार्वजनिक ट्रेलरमा नेपाली भाषाको सिनेमाभन्दा कम मेकिङ्ग क्वालिटी देखिन्न । सिनेमाको ट्रेलरमा मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ ।

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन पूरा भइसकेको र यही वर्ष रिलिज गर्ने तयारी निर्माण टिमको छ । हाल यो सिनेमाको सिने जोन स्टुडियोमा सम्पाद भैरहेको छ । सिनेमाले केही हदसम्म भए पनि ह्योल्मो भाषा र सांस्कृतिको जगेर्ना गर्ने निर्देशक लामाले बताएका छन् ।

बिना सम्झौता सिनेमा निर्माण गरेको निर्मात्री सर्किनी ज्याबा ह्योल्मोको भनाई छ । निर्देशक लामाको कथा र आगत के.सीको पटकथा तथा संवाद रहेको सिनेमाले एक युवक र युवतीको प्रेमकथा वाचन गर्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । सिनेमाको लागत ६० लाख बताइएको छ । ठिलेनले यसअघि ऋषि धमालाले निर्माण भएको सिनेमा अनुरागमा कलाकारको रुपमा काम गरेका थिए ।

सिनेमामा ठिलेन लामा, ओमु निमा डोल्मा लामा, दावा दोर्जे लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा, कान्छीमाया ह्योल्मोलगायतको सिनेमामा अभिनय छ । दावा डी. ह्योल्मोको संगीत रहेको सिनेमाको सन्देश शाहले सम्पादन गरिरहेका छन् । राम कुमार के.सी. ले सिनेमाको छायाँकन गरेका हुन् ।