आर्यन र प्रियंका फिचरिङ ‘हजार जुनीसम्म’को गीत रिलिज

आर्यन र प्रियंका फिचरिङ ‘हजार जुनीसम्म’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘हजार जुनीसम्म’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सत्य सत्य’ बोलको गीतमा आर्यन सिग्देल र प्रियंका कार्की फिचरिङ छन् । सिक्किमको रमणीय स्थानमा छायाँकन गरिएको गीतमा यी दुईको प्रेमभाव समेटिएको छ ।सिनेमाको प्रचार सामाग्री अन्तर्गत प्रियंकालाई पहिलो पटक यहि गीतमा समावेश गरिएको छ । सिनेमामा मुख्य भूमिका रहेपनि निर्माण पक्षले प्रियंकालाई लुकाएको थियो ।

सार्वजनिक गीतमा सुगम पोखरेलको स्वर, प्रविण पौडेलको संगीत र मानस विक्रम थापाको शब्द सृजना छ । भने, कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । बिकाशराज आचार्य निर्देशित सिनेमा साउन ३० गते रिलिज भएको थियो । निर्माण पक्षले दिएको जानकारी अनुसार चौंथो दिनसम्म सिनेमाको व्यापार र दर्शक प्रतिक्रिया राम्रो छ ।

प्रेमकथानक सिनेमामा आर्यन र प्रियंकासँगै, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, अनुभव रेग्मी, शिवहरी पौडेल र अखिलेश प्रधानको मुख्य भूमिका छ । अखिलेशले यहि सिनेमा मार्फत डेब्यु गरेका छन् ।

विशाल चाम्लिङले निर्माण गरेको सिनेमाको कार्यकारी निर्माता कविता रेग्मी हुन् । सिनेमामा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सिनाको पटकथा/संवाद छ ।