चिरन्जीवी र अमिताभको सिनेमा दशैँमा, ऋतिक र टाइगरसँग भिडन्त ?

चिरन्जीवी र अमिताभको सिनेमा दशैँमा, ऋतिक र टाइगरसँग भिडन्त ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – तेलुगु सिनेमा ‘साइरा नरसिमा रेड्डी’को टिजर २० अक्टुबरमा रिलिज हुँदैछ । तेलुगु मेगास्टार चिरन्जीवी र बलिउड मेगास्टार अमिताभ बच्चनको मुख्य भूमिका रहेको सिनेमा रिलिज अगावैदेखि चर्चामा छ ।एतिहाँसिक व्यक्तित्व उइलावाडा नरसिमा रेड्डीको जीवनीमा आधारित सिनेमाले बक्सअफिसमा ‘केजिफ’को जस्तै उछाल ल्याउने अनुमान गरिएको छ । टिजर रिलिजको मुखमा यो सिनेमा रिलिज डेटका कारण चर्चामा छ । निर्माण पक्षले अहिलेसम्म आधिकारिक रिलिज डेट त सार्वजनिक गरेको छैन । तर, अक्टुबर २३ (कार्तिक ६ गते बुधबार) सिनेमा रिलिज हुने बताइएको थियो ।

तर, पछिल्लो खबर होस् उडाउने खालको छ । यसको हिन्दी भर्सन वितरण कम्पनि एक्सेल इन्टरटेनमेन्टका प्रमुख फरहान अख्तर र रितेश सिदवानीले अक्टुबर २ मै रिलिजको लागि योजना बनाइरहेका छन् । यो मितिमा सिनेमा रिलिज हुँदा ऋतिक रोशन र टाइगर श्रोफ स्टारर ‘वार’सँग महा-भिडन्त कन्फर्म छ ।

यसराज फिल्मसको ‘वार’ले दशैँ (भारतीय दशरा)को विदा खान महिना अगाडी नै रिलिज कन्फर्म गरिसकेको थियो । बलिउड अनलाइन कोइमोईले विशेष स्रोतलाई उदृत गर्दै अक्टुबर २ मा महा-भिडन्तको सम्भावनाबारे लेखेको छ ।

वार टिजर:-

यदि यो भिडन्त सहि भएमा दुई वर्ष अगाडी भएको ऋतिक भर्सेस फरहानको स्मरण हुनेछ । २०१७ मा ऋतिक अभिनित ‘काबिल’ र फरहानले वितरण गरेको ‘रइस’ बक्सअफिसमा भिडेका थिए । शाहरुख खानको आडमा ऋतिकसँग भिडेका फरहानले त्यतिबेला नोक्सान बेहोर्नु परको थियो ।

सुरेन्द्रर रेड्डी निर्देशित मल्टीस्टारर ‘साइरा नरसिमा रेड्डी’मा चिरन्जीवी र अमिताभसँगै सुदीप, विजय सेथुपथी, नैनतारा, तमन्ना, अनुष्का सेट्टी, रवि किसन, जगपति बाबु, निहारिका कोनिडेलाजस्ता चर्चित कलाकारको अभिनय छ ।

भने, सिद्दार्थ आनन्द निर्देशित एक्सन ड्रामा ‘वार’मा ऋतिक र टाइगरसँगै वाणी कपूरको मुख्य भूमिका छ ।चिरन्जीवीको जन्मदिन विशेष ‘साइरा नरसिमा रेड्डी’ टिजर:-