‘मिसन मंगल’ भर्सेस ‘बटला हाउस’, व्यापारमा को अगाडी ?

‘मिसन मंगल’ भर्सेस ‘बटला हाउस’, व्यापारमा को अगाडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको ’हेवी वेट’ भिडन्त अक्षय कुमार भर्सेस जोन अब्राहममा अक्षयले बाजी मारेका छन् । भारतीय स्वतन्त्रता दिवसको दिन रिलिज भएका अक्षय स्टारर ’मिसन मंगल’ र जोन स्टारर ’बटला हाउस’ रिलिज भएका थिए ।दुई सिनेमा मध्ये कसले बाजी मार्ला भन्ने दर्शकमा कौतुहलताको भोक थियो । आजका दिनसम्मको व्यापार अनुसार अक्षयले जोनलाई दोब्बरले पछाडी छोडेका छन् । अक्षयको सिनेमाले ६ दिनमा १ सय १४ करोड माथीको व्यापार गर्दा बाटला हाउसले ५७ करोड ८२ लाख मात्रै कमाई गरेको छ ।

पहिलो दिन बिहिबार २९ करोड १६ लाखको ओपनिङ गरेको ‘मिसन मंगल’ले शुक्रबार १७ करोड २८ लाख, शनिबार २३ करोड ५८ लाख कमायो । ‘मिसन मंगल’ले आइतबार, सोमबार र मंगलबार क्रमश २७ करोड ५४ लाख, ८ करोड ९२ लाख र ७ करोड ९२ लाख कमायो ।

पहिलो दिन बिहिबार जम्मा १५ करोड ५५ लाखको ओपनिङ गरेको ’बटला हाउस’ले शुक्रबार ८ करोड ८४ लाख, शनिबार १० करोड ९४ लाख कमायो । ‘बाटला हाउस’ले आइतबार, सोमबार र मंगलबार क्रमश १२ करोड ७० लाख, ५ करोड ५ लाख र ४ करोड ७८ लाख कमायो । ’बटला हाउस’का यो व्यापारलाई कमजोर मान्न नसकिने बलिउड पण्डितहरुको भनाई छ ।

निखिल अडवाणी निर्देशित ’बटला हाउस’मा जोनसँगै मृणाल ठाकुर र रवि किशनको मुख्य भूमिका छ । भने, जगन शक्ति निर्देशित ’मिसन मंगल’मा अक्षयसँगै विद्या वालन, सोनाक्षी सिन्हा, तापसी पन्नु, कृति कुल्हारीजस्ता कलाकारको अभिनय छ । दुवै सिनेमा सत्य कथामा आधारित भएर निर्माण भएका हुन् ।