आइकोरको ‘बेर ट्रीज इन द मिस्ट’ टोरोन्टो फिल्म फेस्टिभलमा छनोट

आइकोरको ‘बेर ट्रीज इन द मिस्ट’ टोरोन्टो फिल्म फेस्टिभलमा छनोट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आइकोर फिल्म प्रोडक्सनको व्यानरमा निर्मित लघु सिनेमा ‘बेर ट्रीज इन द मिस्ट’ टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रतिस्पर्धाको लागि छानिएको छ ।राजन कठेत निर्देशित १५ मिनेट लामो फिल्मले आमा-छोराको कथा भन्छ । निर्माण कम्पनि आइकोरले फिल्मको ट्रेलर तथा पोस्टर पनि सार्वजनिक गरेको छ । सिनेमामा लक्ष्मी वर्देवा, सरीता गिरी, जीवन बराल, निसुम लिम्बुले अभिनय गरेका छन् ।

टोरोन्टो आगामी सेप्टेम्बर ५ देखि १५ सम्म क्यानडामा आयोजना हुँदैछ । नेपाली फिचर सिनेमा निर्माण गर्दै आएको आइकोरले पछिल्लो पटक ‘इन्टु मिन्टू लण्डनमा’ रिलिज गरेको थियो । आगामी सिनेमा ‘आइ एम ट्वान्टी-वान’ प्रि-प्रोडक्सनमा छ ।