मिरुनाको ‘सिल्की सिल्की बाल’मा मख्खै आर्यन र भोलाराज

मिरुनाको ‘सिल्की सिल्की बाल’मा मख्खै आर्यन र भोलाराज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर ६ गते रिलिज हुने सिनेमा ‘च च हुई’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीद्वारा संगीतवद्द ‘सिल्की सिल्की’ बोलको गीतमा कलाकार आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटाले कम्मर मर्काएका छन् ।शिशिर खातीको कोरियोग्राफी रहेको गीतलाई मुस्ताङका रमणीय पठार, ताल र खोलामा खिचिएको छ । पहिलो पटक स्क्रिनमा आर्यन र मिरुनाको जोडी सुहाएको छ । मिरुनाको पछि लाग्ने भोलाराजले भिडियोमा मनोरंजन पैदा गरेका छन् ।

अमृत घोले लामा (एजिएल), राजनराज र श्याम लामिछानेले लेखेको गीतमा संगीतकार सिवाकोटी र मेलिना राईको स्वर छ । एजिएल इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा अमृत घोले लामाकै लगानी छ ।

साम्तेन भुटिया निर्देशित सिनेमामा माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारको अभिनय छ । सुशन प्रजापतिले खिचेको सिनेमाको सम्पादनसमेत निर्देशक भुटियाले नै गरेका छन् ।