‘मारुनी’ गीतमा रोमान्टिक पुष्प र रेविका

‘मारुनी’ गीतमा रोमान्टिक पुष्प र रेविका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ १३ गते रिलिज हुने सिनेमा ‘मारुनी’को तेस्रो गीत सार्वजनिक गरिएको छ । रोमान्टिक डान्सिङ ‘हाने मैले झटारो’मा नम्बरमा पुष्प खड्का र रेविका गुरुङ फिचरिङ छन् । गीतले आउँदै गरेको तीज लक्षित गर्छ ।गीतमा कृष्ण काफ्लेको शब्द, संगीत र स्वर छ । भने, उनलाई गायनमा अन्जु पन्त र शब्द लेखनमा पुरुषोत्तम ढुंगेलले सघाएका छन् । गीत मिठो बनेको छ । क्याची शब्दले गर्दा गीतले सिनेमाको हाइप निर्माणमा भूमिका खल्ने देखिन्छ । गीतमा विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी छ ।

नवल नेपाल निर्देशित सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाहसँगै पुष्प र रेविकाको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथा यी ३ कलाकारको वरिपरि घुम्छ । पछिल्लो समय सुस्ताएको नेपाली बक्सअफिस ‘मारुनी’ले चलायमान बनाउने आशा गरिएको छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाई, बिनोद भट्टराई, सुशील क्षेत्रीको पन अभिनय छ ।