ऋतिक र टाइगर स्टारर ‘वार’ ट्रेलर रिलिज

ऋतिक र टाइगर स्टारर ‘वार’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋतिक रोशन र टाइगर श्रोफ स्टारर सिनेमा ‘वार’को ट्रेलर रिलिज गरिएको छ । बलिउडका दुई ह्याण्डसम हंक हिरोज पहिलो पटक पर्दामा देखिदै छन् ।ट्रेलरमा ऋतिक र टाइगर बीच खतरनाक स्टन्ट, एक्सन सिन्स, फाइट सिक्वेन्सको भरपुर प्रयोग गरिएको छ । ट्रेलरमा लोकेशन, ब्याकग्राउण्ड म्युजिक र छायाँकन पनि जबर्जस्त छन् ।

सिनेमामा ऋतिक र टाइगरलाई गुरु-चेलाको रुपमा प्रस्तुत गरिएको छ । अक्टुबर २ (असोज १५  गते) रिलिज हुने सिनेमालाई विश्वका ७ देशका १५ शहरमा छायाँकन गरिएको छ ।

२ मिनेट २५ सेकन्ड लामो ट्रेलरमा अभिनेत्री वाणी कपूरका केहि दृश्य पनि समावेश गरिएको छ । बलिउड एक्सन स्टार ऋतिक र टाइगर भएकै कारण ‘वार’ व्यग्र प्रतिक्षामा छ । यसराज व्यानरको सिनेमालाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।