जाइराको नयाँ गीत ‘जिन्दगीको खेल’ रिलिज (भिडियो)

जाइराको नयाँ गीत ‘जिन्दगीको खेल’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगीको खेल’ बोलको ओरिजिनल साउण्ड ट्रयाक सोमबार इन्टरनेटमा रिलिज गरिएको हो । भदौ ६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले दर्शकको राम्रो साथ पाउन सकेको छैन् ।

‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा मुख्य कलाकार नम्रता श्रेष्ठ र सृजना रेग्मीका अलवा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठलाई प्रस्तुत गरिएको छ । पदम बहादुर श्रेष्ठ ‘बाबु’ ले गीतको छायाँकन गरेका हुन् ।

बदलाको कथामा आधारित रहेर निर्माण भएको ‘जाइरा’ मा अभिनेत्री श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निवार्ह गरेकी छिन् । सिनेमामा नम्रताका अलवा प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ ।
सिनेमालाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको सिनेमा कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । प्रनिता श्रेष्ठ र कारा श्रेष्ठको लगानी रहेको सिनेमामा बाबु श्रेष्ठको छायाँकन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, लोकश बज्राचार्य र प्रविन श्रेष्ठको सम्पादन, निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा तथा संवाद रहेको छ ।