‘इन्साअल्लाह’ निर्माण स्थगित, कारण यस्तो

‘इन्साअल्लाह’ निर्माण स्थगित, कारण यस्तो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खान र निर्देशक संजयलीला भन्सालीको सहकार्यमा निर्माण हुने भनिएको सिनेमा ‘इन्साअल्लाह’ अब नबन्ने भएको छ । दुवैको बिचार र समय नमिले पछि सहमतिमै सिनेमाको मेकिङ स्थगित गरिएको हो ।

स्पटव्वायले दिएको जानकारी अनुसार सलामान ‘इन्साअल्लाह’लाई २०२० को इदमा रिलिज गर्न चाहन्थ्ये । जसको लागि उनले भन्सालीलाई १ सय २५ दिने वाचा गरेका थिए । तर, भन्सालीले इदमा सिनेमा रिलिज गर्न अस्विकार गरिदिए । उता सलमानलाई कुनै पनि हालतमा इदमै सिनेमा रिलिज गर्नु थियो । किनकी, उनले अन्य सिनेमालाई बाँकीको समय दिइसकेका थिए ।भन्साली सिनेमा मेकिङमा कुनै पनि सम्झौता नगर्ने निर्देशकमा पर्छन । उनका अनुसार ‘इन्साअल्लाह’ निर्माण गर्न मात्रै ८ महिनाको समय लाग्छ । तर, सलमानले व्यस्तताको सेड्युल देखाउदै १ सय ७५ दिन मात्र दिन सक्ने सम्भव रहेको बताएका थिए ।

स्रोतले अगाडी भनेको छ ‘त्यसपछि भन्सालीलाई सलमानको कुरा मन परेन । उनले तुरुन्तै सिनेमा निर्माण बन्द गर्ने निर्णय लिए ।’ भन्सालीले आफ्ना कलाकार र सुझावको इज्जत गर्छन । तर, सिनेमाको मेकिङ र कहानीमा सम्झौता उनलाई मन पर्दैन ।‘इन्साअल्लाह’मा सलमानसँग अभिनेत्री आलिया भट्टले पहिलो पटक जोडी बाँधेवाला थिए । भन्सालीले बलिउडमा ‘खामोशी – द म्युजिकल’, ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘ब्ल्याक’, ‘सावरिया’, ‘गुजारिस’, ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ जस्ता सिनेमा निर्देशन गरेका छन् ।