झमकको ‘जीवन काँडा की फुल’ ट्रेलर रिलिज

झमकको ‘जीवन काँडा की फुल’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा की फुल’ कृतिमाथि निर्माण भएको सिनेमाको ट्रेलर रिलिज गरिएको छ । मदन पुरस्कार विजेता कृतिलाई दर्शकले कार्तिक २२ गते सिनेमा हलमा हेर्न पाउने छन् ।१ मिनेट २७ सेकेण्ड लामो ट्रेलरमा अपाङ्गहुँदा झमकले बाल्यकालमा पाएका दु:ख र पिडालाई हाइलाइट गरिएको छ । झमकको जीवनका संघर्षका केहि दृश्य समेटिए पनि ट्रेलरमा उनका सफलताका किस्सा देख्न पाइने छैन ।

विनोद विष्टले निर्माण तथा निर्देशन गरेको सिनेमामा झमकको बाल्यकालको भूमिका अवस्था थापाले निर्वाह गरेकी छन् । भने, युवा अवस्थामा रोजिता बुद्दचार्यले अभिनय गरेकी छन् । झमकको जीवनमा प्रत्यक्ष सहयोग पुर्याएकी बहिनिको भूमिका भने सारिका घिमिरेले निभाएकी छन् ।

मुक्ति उपाध्याय बरालको पटकथा/संवाद रहेको सिनेमामा किसन सुनार, उमा गिरीलागायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षले बताएको छ ।