‘मिस्टर नेपाली’को गीतमा भुवनसँग रिमाको छमछमि

‘मिस्टर नेपाली’को गीतमा भुवनसँग रिमाको छमछमि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सदाबहार अभिनेता भुवन केसीको दोहोरो भुमिका रहेको सिनेमा ‘मिस्टर नेपाली’को पहिलो गीत र फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमालाई कात्तिक २९ गतेबाट रिलिज गर्न लागिएको जानकारी दिइयो । ‘नाँचौ छम्म छम्म’  बोलको लोक फ्लेबर गीतलाई विवाहको सेटमा खिचिएको छ । सार्वजनिक गीतमा सिनेमा मुख्य कलाकार भुवन केसी, रिमा विश्वकर्मा, डेव्यु कलाकार कुशुम राउत, शाहिल श्रेष्ठ, गायक मिलन लामा र गायिका रिता केसीलाई फिचर्ड गरिएको छ ।सार्वजनिक गीतमा सुवास भुषालको संगीत, निर्देशक देव भुषालको शब्द रचना तथा मिलन लामा र रिता केसीको स्वर छ । कविराज गहतराको कोरियोग्राफी रहेको गीतलाई निरज कँडेलले छायाँकन गरेका हुन् । सिनेमामा प्रेम राज दाहालको लगानी रहेको छ ।

https://youtu.be/V2zg3nMylYQ

देवचुली फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई देव भुषालले निर्देशन गरेका हुन् । आठ वर्षपटि सिनेमाको पर्दामा फर्किएका भुवनले मिस्टर नेपालीको भुमिका निकै च्यालेन्जिङ रहेको बताए । सिनेमाको कथावस्तुले व्यवसायिकतासँगै राष्ट्रियता पनि बोकेको बताए । डेव्यु कलाकार साहिल र कुसुमले एउटा राम्रो सिनेमामा काम गर्न पाएकोमा खुशी व्यक्त गरे ।सिनेमामा भुवन केसी, रिमा विश्वकर्मा, डेव्यु कलाकार कुशुम राउत, शाहिल श्रेष्ठका अलवा सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणी नेपाल, रवी डंगोल, सुरेन्द्र केसी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गरेको छ । यो विशुद्ध मनोरञ्जनात्मक सिनेमा हो । तर, यसले विशेषगरि विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउने निर्देशक भुषालको भनाई छ ।