सलमानको हस्तक्षेपले स्थगित भयो ‘इन्साअल्लाह’ (३ कारण)

सलमानको हस्तक्षेपले स्थगित भयो ‘इन्साअल्लाह’ (३ कारण)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका भेट्रान निर्देशक संजयलीला भन्साली र बक्सअफिस किङ सलमान खान बीचको सहकार्य टुटीसकेको छ । लामो समय पश्चात सहकार्य गर्न लागेको यो जोडीले ‘इन्साअल्लाह’ बनाउदै थियो । तर, दुई बीच असमझदारीका कारण दर्शकको व्यग्र प्रतिक्षामा रहेको ‘इन्साअल्लाह’ तत्कालका लागि रोकिएको छ ।भन्सालीले भावी दिनमा सिनेमाको निर्माण अगाडी बढाउने निश्चित छैन । भने, सलमानले यो बिग प्रोजेक्टबाट हात झिकिसकेका छन् । सिनेमाको लागि आलिया यथावत छिन् । ‘इन्साअल्लाह’ नबन्ने भए पछि संजय, सलमान र आलियाका फ्यानको दिल टुटेको छ ।

आखिर के कारण थियो त, जसले गर्दा वर्षौ पछि हुन् लागेको संजय र सलमानको सहकार्य रोकियो ? बलिउड मिडियाले यो सहकार्य टुट्नुका धेरै कारणहरु बाहिर ल्याएका छन् ।

रिलिज डेट

सलमान यो सिनेमा २०२० को इदमा रिलिज गर्न चाहन्थे । रिलिज छलफलका लागि सलमान र संजयको मिटिङ हुनेवाला नै थियो । तर, संजयसँगको छलफल बिनै सलमानले इदमा सिनेमा रिलिज हुने घोषणा ट्विट मार्फत गरिदिए ।

जब भन्सालीलाई यो कुराको खबर भयो । उनले आगामी मिटिङ स्थगित गर्दै आफ्नो व्यवस्थापन टिमसँग सिनेमा नबन्ने घोषणा गरिदिए । भन्सालीले महबुब स्टुडियोमा तयार हुँदै गरेको सेटको काम पनि रोक्न लगाए ।

सलमानको समय, भन्सालीलाई लाग्यो हेलचक्र्याई

सलमान बलिउडमा जहिले व्यस्त रहन्छन । त्यसैले उनलाई तोकिएको समयमै कुनै पनि सिनेमाको काम सक्नुपर्ने हुन्छ । ‘इन्साअल्लाह’को लागि सलमानले १ सय ७५ दिन मात्र दिन सक्थ्ये । तर, भन्सालीले सिनेमाको निर्माणको लागि मात्रै आठ महिना लाग्ने बताए पछि उनिहरुको कुरा मिलिरहेको थिएन ।

कास्टिङमा सलमानको हस्तक्षेप

विशेष स्रोतका अनुसार सलमान ‘इन्साअल्लाह’मा डेजी शाह र ओलुश्चा डिसुजालाई कास्ट गर्न चाहन्थ्ये । तर, कथाको माग आलिया भट्ट थिइन् । भन्साली आफुले निर्देशन गर्ने सिनेमामा कसैको हस्तक्षेप चाहदैनन् । त्यसैले कास्टिङको कुरामा अडिग रहे । यहाँबाट नै सलमान भड्किएको भारतीय मिडियाले लेखेका छन् ।

सलमानले अक् अन्तर्वार्तामा भनेका छन् ‘एउटा कुरा भन्न चाहन्छु, संजयलीला आफुले निर्देशन गर्ने सिनेमामा कहिले गद्दारी गर्ने छैनन् । अब म चाहन्छु – उनि जस्तो चाहन्छन त्यस्तै सिनेमा बनाउन । मेरो मनमा उनिप्रतिको सदभाव उस्तै छ । आशा छ, उनमा पनि मलाई हेर्ने नजरमा परिवर्तन परिवर्तन नआओस ।’