‘साहो’लाई सय करोड माथिको ओपनिङ

‘साहो’लाई सय करोड माथिको ओपनिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ३० अगस्तमा रिलिज भएको भारतीय सिनेमा ‘साहो’ले विश्वव्यापी बक्सअफिसमा आँधी ल्याएको छ । रिलिजको पहिलो दिन घरेलु बक्सअफिसमा १ सय ४ करोड माथिको व्यापार गरेको सिनेमाले विश्वव्यापी १ सय ३० करोड माथिको आँकडा छोएको छ ।

धुरन्धर कमाई गरे पनि प्रभास स्टारर सिनेमाले ‘बाहुबली २’को रेकर्ड तोड्न असफल भएको छ । ‘बाहुबली २’ले विश्वव्यापी २ सय १४ करोडको ओपनिङ गरेको थियो । भने, भारतमा मात्र १ सय २१ करोड नेट कमाएको थियो ।

‘साहो’को घरेलु नेट कलेक्सन ६८.१० करोड छ । भने, हिन्दी भर्सनमा मात्रै २४.४० करोड नेट छ । ‘बाहुबली २’ले हिन्दी भर्सनमा पहिलो दिन ४१ करोड कमाएको थियो । ३ सय ५० करोडको बजेटमा निर्मित सिनेमाले पहिलो सातामै लगानी रिकभर गर्ने छनक देखाएको छ ।

सुजित रेड्डी निर्देशित सिनेमालाई दर्शकबाट मिश्रीत प्रतिक्रिया मिलिरहेको छ । भने, समिक्षकले वर्षकै झुर सिनेमा भनेका छन् । बक्सअफिसमा पहिलो दिन यति राम्रो व्यापार गर्नुको कारण प्रभासको सुपरस्टारडमलाई मानिएको छ ।

सिनेमामा श्रद्दा कपूर, ज्याकी श्रोफ, निल नितिन मुकेश, वेंनिला किशोर, मुरली शर्मा, अर्जुन विजय, मन्दिरा वेदी, चंकी पाण्डेलगायतका कलाकारको अभिनय छ ।