वैदेशिक रोजगारको कथा ‘रातो टिका निधारमा’को ट्रेलर

वैदेशिक रोजगारको कथा ‘रातो टिका निधारमा’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साम्रज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टारर सिनेमा ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्माको निर्देशनमा निर्माण भएको सिनेमा आगामी असोज १० गतेबाट दशैँको अवसरमा रिलिज हुँदैछ । गत शुक्रबार हलमा रिलिज गरिएको सिनेमाको ट्रेलर मंगलबार समाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो ।

वैदेशिक रोजगारको विषयमा तयार ‘रातो टिका निधारमा’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा रविन्द्रा झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय छ । एक रोमान्टिक गीत सार्वजनिक भैसकेको सिनेमा अहिले चर्चामा छ ।

हलमा बजेको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ । ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटारकल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।