मल्टिस्टारर सिनेमा ‘पोई पर्यो काले’को शिर्ष गीत रिलिज

मल्टिस्टारर सिनेमा ‘पोई पर्यो काले’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टिस्टारर सिनेमा ‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरिएको गीतमा मुख्य कलाकार सौगात मल्ल, पुजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर र राजाराम पौडेल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ ।अर्जुन पोखरेलको संगीत तथा नृपेश उप्रेतीको शब्द रचना रहेको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई शिव ढकालले छायाँकन गरेका हुन् । शिशर राणाको निर्देशनमा निर्माण भएको सिनेमा आगामी कार्तिक ८ गते तिहारको अवसरमा रिलिज हुनेछ । सिनेमाले कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथा भन्ने निर्माण टिमको भनाई छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । भने सिनेमाकी कार्यकारी निर्माता अमला देवि राई हुन् । पोई पर्यो कालेमा किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, बिन्दा खतिवडा, श्याम राई, गोपाल ढकाल (छन्दे), राजेन्द्र नेपाली (लट्टे)को पनि अभिनय रहेको छ । सिनेमामा अर्जुन पोखरेल र लाल बहादुर खतीको संगीत, कमल राईको कोरियोग्राफी, तारा थापा किम्भेको सम्पादन रहेको छ ।