अक्षयको जन्मदिनमा फ्यानलाई ‘पृथ्वीराज’ उपहार

अक्षयको जन्मदिनमा फ्यानलाई ‘पृथ्वीराज’ उपहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – बलिउडका खिलाडी सुपरस्टार अक्षय कुमारले आज आफ्नो ५२औं जन्मदिन मनाएका छन् । ९ सेप्टेम्बर १९६७ मा पञ्जाबको अमृतसरमा जन्मिएका अक्षयको विशेष दिनमा एक ठूलो सिनेमाको निर्माण घोषणा गरिएको छ । उनको नयाँ सिनेमा ‘पृथ्वीराज’को टीजर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो । यसमा अक्षय महान राजा तथा योद्धा पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन् ।सिनेमाको टिजर ट्विटरमा सेयर गर्दै अक्षयले लेखेका छन्, ‘मेरो जन्मदिनमा मेरो पहिलो पिरियड ड्रामा सिनेमाको बारेमा बताउँदै गर्दा निकै उत्साहित छु । यो मेरो सौभाग्य हो कि यसमा मलाई हिरोको रोल प्ले गर्ने मौका मिलेको छ । सम्राट पृथ्वीराज चौहान मेरो सबैभन्दा ठूलो सिनेमा मध्येको एक हो ।’ सिनेमालाई यशराज फिल्म्सले निर्माण गर्नेछ । भने, सिनेमाको निर्देशन डा. चन्द्रप्रकाश द्विवेदीले गर्दैछन् ।

‘पृथ्वीराज’ आउँदो दीपावलीमा प्रदर्शन हुनेछ । वर्षमा ४ वटासम्म सिनेमामा अभिनय गर्ने अक्षयको पछिल्लो रिलिज सिनेमा मिशन मंगल बक्सअफिसमा सुपरहिट भएको थियो ।अक्षय अभिनित दुई सिनेमा हाउसफुल ४ र गुड न्युज यसवर्ष रिलिज हुनेछन् । भने, ’लक्ष्मी बम’, ’सूर्यवंशी’ र ’बच्चन पाण्डे’ अर्को वर्ष प्रदर्शन हुने पक्का भएका छन् । सिनेमामा विश्वसुन्दरी मानुषी छिल्लरसँग अक्षयको जोडी बाँधिएको खबर बलिउड मिडियाले प्रकाशन गरेका थिए । तर, निर्माण टिमले सार्वजनिक गरेको सिनेमाको टिजरमा अक्षयलाई मात्रै स्थान दिइएको छ ।