बलिउड बक्सअफिसमा ‘छिछोरे’को बम्पर सुरुवात

बलिउड बक्सअफिसमा ‘छिछोरे’को बम्पर सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – ‘दंगल’ निर्देशक नितेश तिवारीको निर्देशनमा निर्माण भएको दोस्रो सिनेमा ‘छिछोरे’ले बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । सुशान्त सिंह राजपुत तथा श्रद्धा कपुर स्टारर सिनेमा ‘छिछोरे’ तेलुगु सुपरस्टार प्रभास अभिनित सिनेमा ‘साहो’को दबाबमा रहँदा पनि उत्कृष्ट सुरुवात गर्न सफल भएको बलिउड मिडियाले जनाएकाछन् ।बलिउड बक्सअफिसमा पहिलो दिन ७.३२ करोड भारू कमाइ गर्दै मध्यम सुरुवात गरेको सिनेमाले दोस्रो दिन झण्डै दोब्बरले बढोत्तरी कमाई गर्दै आफुलाई अब्बल सावित गरेको हो । दोस्रो दिन शनिबार सिनेमाले १२.२५ करोड भारु कमाई गरेको थियो । भने, तेस्रो दिन आइतबार छिछोरेले १६.४१ करोड भारु क्मायो ।

साजिद नाडियाड्वालाको लगानीमा निर्माण भएको सिनेमाले तिन दिने विकेण्डमा कुल ३५.९८ करोड भारू कमाएको छ । सिनेमालाई दर्शक तथा समिक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् । सिनेमामा सुशानत सिंह राजपुत र श्रद्धा कपुरका अलवा बरुण शर्मा, ताहिर राज वसिन, नविन पोलिसेट्टी, तुषार पाण्डे, सहर्ष कुमार शुक्ला, प्रतिक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ ।