‘काले दाई’को ट्रेलर सार्वजनिक

‘काले दाई’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको ट्रेलर सोमबार इन्टरनेटमा रिलिज गरिएको हो । असोज १७ गते अर्थात् विजया दशमीको छेकोमा देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमाले प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा भन्ने छ ।

सिनेमा ‘काले दाई’मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । शिव शर्मा निर्देशित सिनेमाको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा केन्द्रित रहेको निर्माण टिमको भनाई छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।