बक्सअफिसमा अक्षयको सुनौलो यात्रा, १४ सिनेमा पाइपलाइनमा

बक्सअफिसमा अक्षयको सुनौलो यात्रा, १४ सिनेमा पाइपलाइनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा एक तर्फ  सलामान खान, शाहरुख खान र आमिर खानको स्टारडम खस्किएका समिक्षाहरु लेखिदैछन् । अर्को तर्फ समकालीन अभिनेता अक्षय कुमारको स्टारडम ग्राफ दिन-प्रतिदिन उकालो लाग्दैछ ।

वर्ष ३-४ वटासम्म सिनेमा रिलिज गर्ने अक्षय कुमारले सन् २०१० देखि २०१५ सम्म बक्सअफिसमा थुप्रै उतारचढाव थेग्नु पर्यो । यो बीचमा अक्षयले हिट सिनेमा दिनलाई महिनौ कुर्नुपर्ने अवस्था थियो । तर, २०१६ पछि अक्षय कुमार बक्सअफिसको सय करोड क्लब एक-अर्काका परिपुरक बन्न थालेका छन् ।

सन् २०१० देखि १५ को बीचमा रिलिज भएका २२ मध्ये ३ सिनेमाले मात्र सय करोड क्लबको यात्रा तय गरेका थिए । त्यसपछि रिलिज भएका १० मध्ये ९ सिनेमा सय करोड क्लबमा समावेश भएका छन् । जसमा ७८ करोड कमाएको ‘प्याडम्यान’समेत बक्सअफिसमा हिट सावित भएको थियो ।

२०१६ यता अक्षयले बक्सअफिसमा शतप्रतिशत नजिता ल्याइरहेका छन् । एक पछि अर्को गर्दै उनले आफ्ना सिनेमाको बक्सअफिस रेकर्ड पनि भत्काउदै गएका छन् । अक्षय अभिनित सिनेमा ‘मिसन मंगल’ अहिले प्रदर्शनरत छ । घरेलु बक्सअफिसमा १ सय ९८ करोड कमाई गरिसकेको सिनेमा २ सय करोड क्लबको रेसमा छ । यदि २ सय करोड क्लबमा इन्ट्री मारे ‘मिसन मंगल’ अक्षयको करिअरकै पहिलो सिनेमा बन्नेछ ।

आगामी सिनेमाको लामो सुची:-

लगातारको बक्सअफिस सफलताले अक्षयको हातमा अहिले बालिउडका ठुला सिनेमा परेका छन् । जो, बक्सअफिसमा निश्चित सफलताको सामर्थ्य राख्छन । आउँदै गरेको तिहारमा अक्षयको ‘हाउसफुल ४’ रिलिज हुँदैछ । यसअघिका तीन सृंखला बक्सअफिसमा हिट थिए ।

यस्तै यहि वर्षको अन्त्यमा ‘गुड न्युज’ रिलिज हुँदैछ । राज मेहता निर्देशित सिनेमामा करीना कपूर खान, कियरा एडवाणी, दिलजित दोसाँझजस्ता कलाकारको अभिनय छ । २०२० मा अक्षयका ‘सुर्यबंशी’, ‘लक्ष्मीबम्ब’, ‘पृथ्वीराज’ र ‘बच्चन पाण्डे’जस्ता ठुला सिनेमा रिलिज हुँदैछन ।

सन् २०२१ मा पनि अक्षय वर्षैभरि व्यस्त हुनेछन । निर्देशकद्वय निरज पाण्डेको ‘क्रयाक’, प्रियादर्शनको ‘हेरा फेरी ३’, जगन शक्तिको ‘इक्का’, प्रभुदेवाको ‘राउडी राठोर २’ अहमद खानको ‘वेलकम टु द जंगल’ र ‘आवारा पागल दिवाना २’ अक्षयको पाइपलाइनका प्रोजेक्ट हुन् । यी मध्ये केहि साइन गरिसकेका छन् । भने, कुनैमा निर्णय दिन सकेका छैनन् ।

सम्भवत: ०२१/०२२ मै अक्षयले निर्देशक मोहित सुरी र अनुराग सिंहको अनटाइटल प्रोजेक्टमा पनि काम गर्नेछन् ।