सलमानको ‘दबंग ३’ स्टाइल, ‘स्वागत नही करोगे हमरा’

सलमानको ‘दबंग ३’ स्टाइल, ‘स्वागत नही करोगे हमरा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खान पुन: एक पटक दबंग अवतारमा दर्शक माँझ आउदै छन् । ‘दबंग’ सिरिजको तेस्रो भाग ‘दबंग ३’को फर्स्टलुक मोसन पोस्टर सार्वजनिक गरिएको छ ।

प्रभु देवा निर्देशित सिनेमामा ठ्याक्कै ७ वर्ष पछि सलमान आफ्नो लोकप्रिय पात्र चुलबुल पाण्डेको रुपमा प्रस्तुत हुँदैछन् । २० डिसेम्बरमा रिलिज हुने सिनेमा दर्शकले सय दिन पछि हेर्न पाउनेछन् ।

मोसन पोस्टरमा सलमानले दबंग स्टाइलमा ‘स्वागत नही करोगे हमारा’ संवाद बोलेका छन् । सिनेमामा सोनाक्षी सिन्हा, सुदीप संजीव, अरबाज खानलगायतका कलाकारको अभिनय छ ।

सन् २०१० मा रिलिज भएको ‘दबंग’ सलमानको करिअरमा पहिलो सय करोड कमाउने सिनेमा थियो । भने, २०१२ मा रिलिज भएको ‘दबंग २’ लगातार बक्सअफिसमा सय करोड कमाउने पाँचौँ सिनेमा थियो ।