‘रातो टिका निधारमा टलक्क टल्कियो’ रिमेक भर्सन रिलिज

‘रातो टिका निधारमा टलक्क टल्कियो’ रिमेक भर्सन रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली हिन्दु धर्मालम्वीको महान चाड बडा दशैँ आउन मात्र १६ दिन बाँकी छ । असोज १२ देखि नेपालीलाई दशैँले छोप्नेछ । र, यहि दशैँलाई लक्षित गरेर निर्देशक अशोक शर्माले असोज १० मा ‘रातो टिका निधारमा’ रिलिज गर्दैछन् ।

सिनेमाको शिर्ष गीत शुक्रबार रिलिज गरिएको छ । राजेश हमाल र करिश्मा मानन्धर स्टारर सिनेमा ‘अल्लारे’मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’लाई रि-एरेन्ज गरिएको छ ।

शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका छन् । यसको ओर्जिनल भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो । गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माले ठुम्का लगाएका छन् । भने, पुरानो भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले सिग्नेचर ठुम्का लगाएका थिए । शहदेव ढुंगानाले शब्द सिर्जना गरेको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

गीतको माहोलमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि अटाएका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।