सुपरस्टार गोपिचन्दको सिनेमाबाट तेलुगुमा परमिताको डेब्यु

सुपरस्टार गोपिचन्दको सिनेमाबाट तेलुगुमा परमिताको डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री परमिता आरएल राणाले तेलुगु सिनेमामा डेव्यु गर्ने भएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफुले तेलुगु सिनेमामा काम गर्न जानकारी दिएकी हुन् ।तेलुगू सिनेमाका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने अनटाइटल प्रोजेक्टमा परमिताले मुख्य भूमिका निर्वाह गर्नेछिन् । गोपीचन्दसँग सिनेमामा उनको जोडी बाँधिनेछ । सिनेमाको  शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । यहि सिनेमाबाट बिनु सुब्रह्मण्यमले निर्देशनमा डेब्यु गर्दैछन् । बिग बजेटको सिनेमालाई विभिएसएन प्रसादले निर्माण गर्दैछन् । आफ्नो तेलुगु डेब्युलाई लिएर निकै उत्साहित बनेको अभिनेत्री परमिताले बताएकी छन् ।

उनले शुभ-मुहूर्तको तस्वीर फेसबुकमा सेयर गर्दै लेखेकी छन्, ‘प्रतिष्ठित एसवीसीसी फिल्मस्को ब्यानरबाट निर्माण हुने सिनेमामा तेलुगु सुपरस्टार गोपीचन्द जस्ता स्टार कलाकारसँग समानन्तर रुपमा पर्दा सेयर गर्न पाउँदा सम्मानित महशुस गरेकी छु ।’

अर्को वर्षको जूनबाट सिनेमाको नियमित छायाँकन सुरु हुनेछ । एक्सन-थ्रिलर जनरामा निर्माण हुने सिनेमामा मणि शर्माले संगीत भर्नेछन् ।