‘बाहुबली २’ पछि चिनमा फ्लप भयो रजनिकान्तको ‘२.०’

‘बाहुबली २’ पछि चिनमा फ्लप भयो रजनिकान्तको ‘२.०’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दक्षिण भारतीय दुई ब्लकबस्टर सिनेमा चिनिया बक्सअफिसमा लगातार फ्लप भएका छन् । यसले भारतीय मुलधारे सिनेमाले चिनिया बक्सअफिसमा पाइला बढाउने प्रयासमा झट्का महसुस गराएको छ ।रजनिकान्त र अक्षय कुमार स्टारर सिनेमा ‘२.०’ले घरेलु बक्सअफिसमा शानदार कमाई गरेको थियो । तर, ६ सेप्टेम्बरमा चिन रिलिज गरिएको सिनेमा डिजास्टर सावित भएको छ । सिनेमाले पहिलो सातामा जम्मा २२ करोडको कारोबार गर्यो ।

यसअघि २०१८ मा चिन रिलिज गरिएको ‘बाहुबली २’ले पनि कमजोर व्यापार गरेको थियो । प्रभास अभिनित सिनेमाले लाइफटाइम जम्मा ५२ करोड भारु कारोबार गर्न सफल भएको थियो ।

‘२.०’ले भारतीय बक्सअफिसमा ५ सय २१ करोडको व्यापार गरेको थियो । भने, विश्वव्यापी कलेक्सन ७ सय २३ करोड माथि थियो । कमजोर समिक्षा र व्यापारले गर्दा ‘२.०’ लगभग सबै हलबाट उतारिएको छ ।

बरु भारतमा जम्मा ४६ करोड कमाएको रानी मुखर्जी स्टारर सिनेमा ‘हिच्की’ले चाइनिज बक्सअफिसमा १ सय ५७ करोड कलेक्सन गरेको थियो । चिनमा सर्वाधिक कमाई गर्ने सिनेमा आमिर खानको ‘दंगल’ हो । भारतमा ५ सय ८७ करोड ग्रस व्यापार गरेको सिनेमाले चिनमा मात्रै १३ सय ५ करोड माथि पैसा बटुलेको थियो ।