रनबिर र ‘कबिर सिंह’ निर्देशकसँग रुष्ट सलमान !

रनबिर र ‘कबिर सिंह’ निर्देशकसँग रुष्ट सलमान !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ब्लकबस्टर सिनेमा ‘कबिर सिंह’का निर्देशक सन्दीप रेड्डी वाङ्गाले ‘डेविल’ नामक सिनेमा बनाउदै छन् । सिनेमाको लागि उनले रनबिर कपूरलाई अप्रोच गरेको खबर बाहिरिए पछि अभिनेता सलमान खानले असन्तुष्टि व्यक्त गरेका छन् ।

सलमानले सिनेमा ‘किक २’ दर्शक माँझ ल्याउदै छन् । सिनेमामा उनि देवीलाल अर्थात डेविलको भूमिकामा देखा पर्दैछन् । जसले गर्दा सन्दीपले निर्देशन गर्ने ‘डेविल’सँग ‘किक २’का दर्शक अलमलमा पर्न सक्छन । यी दुई सिनेमाले निर्माण हुँदा दुवैको रिलिज डेटमा लामो ग्याप हुन जरुरी छ । यदि आसपासमा रिलिज हुँदा ‘डेविल’ नामले दर्शक अन्यौलमा पर्ने सलमानको बुझाई छ ।

त्यसैमा रनबिर कपूरलाई सलमानले रुचाउदैनन । कट्रिना कैफसँगको रिलेशनशिप पछि रनबिर र सलमान बीच खटपट सुरु भएको थियो । रनबिर र कट्रिनाको रिलेशनशिप प्रति सलमान रुष्ट थिए । भलै अहिले दुवैको ब्रेकअप भैसकेको छ । तर, सलमानको मनमा रनबिरलाई हेर्ने दृष्टिकोण बदलिएको छैन ।

सन् २०१४ मा रिलिज भएको ‘किक’ले बक्सअफिसमा जबर्जस्त कमाई गरेको थियो । यहि सिनेमाबाट डेविलमा नामको पात्रद्वारा सलमानले दर्शक माँझ छाप छोडेका थिए । झन्डै पाँच वर्ष पछि डेविल पात्रलाई ब्युझ्याउदै गर्दा, त्यहि नाममा अर्को सिनेमा बन्ने भएपछि सलमान अप्ठेरोमा परका छन् ।