मल्टीस्टारर सिनेमा ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर सार्वजनिक

मल्टीस्टारर सिनेमा ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमकडौं – तेलुगु मल्टीस्टारर सिनेमा ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर सार्वजनिक गरिएको छ । गान्धी जयन्तिको अवसर पारेर अक्टुबर २ मा रिलिज हुने सिनेमा वर्षकै बहुप्रतिक्षित हो । सार्वजनिक ट्रेलर जबर्जस्त बनेको छ । ब्याकग्राउण्ड स्कोर, संवाद, कलाकारको भिन्न अवतार, उत्कृष्ट भिएफएक्स, भव्य सेटले सिनेमाको वजन प्रस्ट्याउछ । ऐतिहाँसिक व्यक्तित्व उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित सिनेमा तेलुगु मेगास्टार चिरन्जीवी, बलिउड मेगास्टार अमिताभ बच्चनसँगै किचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय छ ।

अक्टुबर २ मा रिलिज हुने भएपछि बलिउडमा ठुलो भिडन्त पक्का भएको छ । यहि मितिमा ऋतिक रोशन र टाइगर श्रोफ स्टारर ‘वार’ पनि रिलिज हुँदैछ । यी दुईको नेपाली रिलिज मिति असोज १५ हुन्छ । नेपाली सिनेमाको लागि सबैभन्दा उत्तम मानिएको दशैँ बीच दुई ठुला विदेशी सिनेमा रिलिज हुँदा कुनै पनि ठुला नेपाली सिनेमा रिलिज नहुने भएका छन् ।