वार गीत: ऋतिक र टाइगरको नृत्य प्रतिस्पर्धा

वार गीत: ऋतिक र टाइगरको नृत्य प्रतिस्पर्धा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ऋतिक रोशन र टाइगर श्रोफ स्टारर सिनेमा ‘वार’को नयाँ गीत रिलिज गरिएको छ । बलिउडमा एक्सन र नृत्यमा अत्याधिक रुचाइएका अभिनेता ऋतिक र टाइगरले गीतमा कम्मर मर्काएका छन् ।‘जय जय शिवशंकर’ बोलको होली गीतमा यी दुई अभिनेताको स्टेप्सले दर्शकको मा जित्छ । टाइगर टिम र ऋतिक टिमको गीतमा प्रतिस्पर्धा समावेश गरिएको छ । विशाल डाडलानी र बेन्नी डायल स्वर दिएको गीतमा विशाल र शेखरले संगीत भरेका छन् ।

सिद्दार्थ आनन्द निर्देशित ‘वार’मा ऋतिक र टाइगरका अलावा वाणी कपूरको मुख्य भूमिका छ । यसराज व्यानरको सिनेमा अक्टुबर २ (असोज १५)मा रिलिज हुँदैछ ।