‘गोर्खे’को नयाँ गीत रिलिज

‘गोर्खे’को नयाँ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- प्रदर्शन मिति पक्का नगरिएको सिनेमा ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘गाम भरी हल्लला भो’ बोलको गीतमा मुख्य कलाकार अर्जुन गुरुङ, एन्जल श्रेष्ठ लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सन्तोष ढकालले निर्देशन गरेको सिनेमाका प्रस्तुतकर्ता हरी लामा हुन् ।सार्वजनिक गीतमा हरी लम्सालको शब्द तथा संगीत र भुषण खतिवडाको स्वर छ । गीतको भिडियोमा शिव बिकको कोरियोग्राफी हेर्न सकिन्छ । कोजु इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ, एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राई लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा तिर्थ कोजु र हरी थापा निर्माताको रुपमा रहेका छन् । ‘गोर्खे’मा निरज कँडेलको छायाँकन, हिमाल केसीको द्धन्द्व निर्देशन, मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमामा समावेश पहिलो गीत ‘सिन्की अचार’ अहिले निकै चर्चामा छ । उक्त गीतमा अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनले नृत्य गरेका छन् । मोडल अञ्जलीलाई सिनेमाको यही गीतमा मात्रै देखिने निर्माण टिमले बताएको छ ।