मुख्य पात्रको पिडा झल्किने ‘काले दाई’को गीत रिलिज

मुख्य पात्रको पिडा झल्किने ‘काले दाई’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैँको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘काले दाई’को स्याड भर्सन गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत सार्वजनिक गरिएको हो । सिनेमाको गीत रिलिज कार्यक्रममा सम्पुर्ण काष्ट एण्ड क्रु उपस्थित थिए ।


‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा मुख्य कलाकार इन्द्र रामजाली र अनु पराजुलीको पिडा दर्साइएको छ । पवनवाङ लामाको संगीत रहेको गीतमा सुरज थापाको स्वर छ । नेपाल आइडलका प्रतिस्पर्धी सुरज सिनेमामा गाएको यो पहिलो गीत हो । गीतमा इन्द्र र गोविन्द श्रेष्ठको शब्द छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘काले दाई’मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । शिव शर्मा निर्दे्शित सिनेमाको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा केन्द्रित रहेको निर्माण टिमको भनाई छ ।

सिनेमा काले दाईले प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा भन्ने छ । सिनेमाको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । सिनेमामा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।