‘ड्रिम गर्ल’ले कमायो सय करोड, आयुषमानलाई हिट मेसिनको ट्याग

‘ड्रिम गर्ल’ले कमायो सय करोड, आयुषमानलाई हिट मेसिनको ट्याग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो तीन वर्ष यता अभिनेता आयुषमान खुराना र सफलता एक अर्काका परिपुरक जस्तै बनेका छन् । त्यसैले त भव्यताका साथ प्रदर्शन भैरहेको उनि अभिनित ‘ड्रिम गर्ल’ले बक्सअफिसमा सय करोड माथिको यात्रा तय गरेको छ ।

प्रदर्शनको दशौँ दिनमा ३.७६ करोडको जबर्जस्त व्यापार गर्दै ‘ड्रिम गर्ल’ले बक्सअफिसमा शतक पुरा गर्यो । जम्मा ३० करोडको बजेटमा निर्माण भएको ‘ड्रिम गर्ल’ले १०१.४० करोड कमाइसकेको छ ।

सिनेमाले दर्शक तथा समिक्षकबाट पनि खुबै प्रशंसा पाएको थियो । त्यसैले यसको गति अहिले नै रोकिने छाँटकाँट छैन । सय करोड क्लबमा पुग्ने आयुषमान अभिनित यो दोस्रो सिनेमा हो । गत वर्ष रिलिज भएको ‘बधाई हो’ले यो सफलता हाँसिल गरिसकेको छ ।

२०१२ को डेब्यु सिनेमा ‘विक्की डोनर’ हिट भए पछि आयुषमानका लगातार ३ सिनेमा फ्लप भएका थिए । त्यसपछि २०१५ मा ‘दम लगाके हैसा’ हिट भयो । ‘मेरी प्यारी बिन्दु’ पनि फ्लप हुँदा आयुषमानले ट्रयाक परिवर्तन गरे । र उनले कन्टेन्टबेस सिनेमामा ध्यान दिन थाले ।

२०१७ को ‘शुभ मंगल सावधान’सहित आयुषमानका पछिल्ला ५ सिनेमा बक्सअफिसमा सुपरहिट छन् । यहाँसम्मकी आयुषमानले ‘अन्धाधुन’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पनि हात पारे । अहिले आयुषमानलाई बक्सअफिसको हिट मेसिन भन्न थालिएको छ ।

राज सान्दिल्या निर्देशित ‘ड्रिम गर्ल’मा आयुषमानसँगै नुश्रत भरुचा, अन्नु कपूर, मनजोत सिंह, विजय राजको पनि अभिनय छ ।