‘हाउसफुल ४’ ट्रेलर रिलिज, पुनर्जन्मको कथा पर्दामा

‘हाउसफुल ४’ ट्रेलर रिलिज, पुनर्जन्मको कथा पर्दामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको लोकप्रिय फ्रेञ्चाइज ‘हाउसफुल’को चौथों भाग ‘हाउसफुल ४’को ट्रेलर रिलिज गरिएको छ । कमेडी ट्रेलरमा पुनर्जन्मको कथा प्रस्तुत गरिएको छ ।सन् १४१९ मा असफल भएको प्रेमलाई सफल पार्न २०१९ मा कलाकारले पुनर्जन्म लिन्छन । अक्षय कुमार, कृति सेनोन, रितेश देशमुख, बबी देवल, राणा दगुबती, चंकी पाण्डे, कृति खरबंदा र पूजा हेगड़े जस्ता कलाकारलाई सिनेमामा दुई रुपमा देख्न सकिन्छ । ६ सय वर्ष पहिलेका महाराज-महारानी र अहिलेका सामान्य मानवको अवतारलाई कलाकारलाई प्रस्तुत गरिएको छ ।

पछिल्लो समय पिरियड ड्रामाको बलिउडमा बाढी नै आएको छ । यसलाई पिरियड कमेडी ड्रामा भनिएको छ । फरहान सामजीले निर्देशन गरेको सिनेमामा नवाजुद्दीन सिद्दिक्कीको अतिथि भूमिका छ । सिनेमा तिहारको अवसर पारेर अक्टुबर २५ (कार्तिक ८)मा रिलिज हुँदैछ ।