दशैँ लक्षित ‘मिस्टर नेपाली’को नयाँ गीत रिलिज (भिडियो)

दशैँ लक्षित ‘मिस्टर नेपाली’को नयाँ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुवन केसी र रीमा विशवकर्मा स्टारर सिनेमा ‘मिस्टर नेपाली’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । कार्तिक २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा लिरिकक गीत दशैँ लक्षित गरि इन्टरनेटमा रिलिज गरिएको हो ।

‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीतले विदेश गएका नेपालीहरुको कथा भनेको छ । सिनेमाको सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ ।सिनेमामा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवका अलवा डेव्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको पनि मुख्य भूमिका रहेको छ ।

https://youtu.be/49LELXn5UgY

देव भुषालको कथा, पटकथा तथा निर्देशनमा तयार भएको मिस्टर नेपालीलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । सिनेमामा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ ।निर्माण टिमका अनुसार सिनेमा अभिनेता केसीको ट्रिपल रोलमा देख्न पाइनेछ । विशेषगरि, परदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।