‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ रिलिज (भिडियो)

‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सरौतो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश ‘केही आधा’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमा मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फिचर्ड गरिएको छ ।स्याड भर्सनको गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ । भिजिट नेपाल २०२० लाई लक्षित गरि सात प्रदेशका १४ सुन्दर लोकेसनमा सार्वजनिक गीतको भिडियो छायाँकन गरिएको निर्माण टिमले बताएको छ । निर्देशक हरि हुँमागाईको कोरियोग्राफी रहेको गीतको भिडियो छायाँकन गर्न मात्रै १४ दिन लागेको निर्मात्री सिर्जना जोशीले बताइन् ।

‘सरौतो’मा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ । सिनेमामा सुमीले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेका छिन् । रिभेन्जको कथा भन्ने सिनेमालाई हरि हुमागाईंले निर्देशन गरेका हुन् । यसअघि एक गीत र टिजर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भएता पनि आज सार्वजनिक गीत भने हाईलाइट नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद रहेको सिनेमामा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय छ । सिनेमाको यसअघि नै एक गीत र टिजर पनि सार्वजनिक भैसकेको छ । विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।

यही सिनेमाबाट चर्चित छायाँकार हरी हुँमागाईले निर्देशनमा डेव्यु गर्दैछन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको सिनेमालाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् ।