‘च च हुई’ गीत रिलिज : एलिसाको जवानीमा लठ्ठ आर्यन

‘च च हुई’ गीत रिलिज : एलिसाको जवानीमा लठ्ठ आर्यन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल र मिरुना मगर स्टारर सिनेमा ‘च च हुई’को दोस्रो गीत सार्वजनिक गरिएको छ । आइटम बिटमा तयार परिएको ‘जवानी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार आर्यन सिग्देलको साथमा एलिसा शर्मालाई फिचर्ड गरिएको छ । आइतबार घटस्थापनाको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ ।रोशन थापाको संगीत तथा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रचना रहेको गीतमा संगीतकार थापा र सुमन गुरुङको स्वर छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायाँकन सुसन प्रजापतीले गरेका हुन् । एजिएल इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा अमृत घोले लामाकै लगानी छ ।

साम्तेन भुटिया निर्दे्शित सिनेमामा आर्यनका अलवा मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारको अभिनय छ । सुशन प्रजापतिले खिचेको सिनेमाको सम्पादन समेत निर्देशक भुटियाले नै गरेका छन् ।