संजयलीलाको ‘गंगुबाई’मा आलिया र कार्तिकको जोडी ?

संजयलीलाको ‘गंगुबाई’मा आलिया र कार्तिकको जोडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान र आलिया भट्टले अभिनय गर्ने भनिएको सिनेमा ‘इन्शाअल्लाह’ निर्माण तत्कालका लागि रोकिएको छ । यो सिनेमामा सलमान र निर्देशक संजयलीला भन्सालीले १९ वर्ष पछि सहकार्य गर्दै थिए ।

‘इन्शाअल्लाह’ स्थगित भए पछि संजय नयाँ सिनेमा ‘गंगुबाई’को निर्माणमा जुटेका छन् । लेखक हुसेन जैदीको किताब ‘माफिया क्विन्स अफ मुम्बई’मा आधारित भएर निर्माण हुने सिनेमाको कस्टिङको काम भैरहेको छ ।

हालै सम्पन्न आइफा अवार्डमा आलियाले छिट्टै नै संजयको नयाँ सिनेमामा काम गर्न लागेको खुलासा गरेकी थिइन् । तर, उनले सिनेमाको नाम खुलाइनन । सम्भवत: ‘गंगुबाई’मा आलियाले नै मुख्य भूमिका पाउन सक्छिन् ।

पछिल्लो खबर अनुसार सिनेमासँग कार्तिक आर्यनको नाम पनि जोडिएको छ । संजयको अफिस बाहिर कार्तिकलाई मिडियाले भेटे पछि शंका उत्पन्न भएको हो । यदि सिनेमामा आलिया र कार्तिकको जोडी बाँधियो भने दर्शकको लागि सरप्राइज हुनेछ । आलियाको भूमिकाको लागि प्रियंका चोपडाको नाम पनि जोडिएको थियो । तर निर्माण पक्षबाट आधिकारिक बोलि फुटेको छैन ।