‘दबंग ३’मा सलमानको यस्तो अवतार, प्रोमो रिलिज

‘दबंग ३’मा सलमानको यस्तो अवतार, प्रोमो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दक्षिण एसियामा सलमान खानको ‘दबंग’ अवतार निक्कै लोकप्रिय छ । लगातार दुई सिरिज बक्सअफिसमा सुपरहिट सावित भए पछि सलमानले नयाँ वर्षको छेकोमा ‘दबंग ३’ रिलिज गदैछन् ।

प्रभुदेवाले निर्देशन गरेको ‘दबंग ३’मा सलमानलाई पुन: चुलबुल पाण्डेको भूमिकामा देख्न सकिन्छ । दर्शक यो फ्रेञ्चाइजको व्यग्र प्रतिक्षामा छन् । दर्शकको प्रतिक्षालाई मध्येनजर गर्दै सिनेमाको प्रमोसनल प्रोमो सार्वजनिक गरिएको छ ।

प्रोमोमा सलमान मात्र प्रस्तुत छन् । जब सिनेमा पाण्डेको, पोस्टर पाण्डेको हुन्छ भने सलमानले किन प्रमोसन गरूँन ? यसपटक चुलबुल पाण्डेले नै गर्नेछन् प्रमोसन’, डिसेम्बर २० सम्म ‘स्वागत नही करोगे हमरा’

सिनेमामा सलमानसँगै सोनाक्षी सिन्हा, किचा सुदीप, अरबाज खान, माही गिल, शई मंजेकरलगायातका कलाकारको अभिनय छ । सिनेमाको टिजर दिपावलीको अवसरमा रिलिज हुँदैछ ।