काले दाईको दोस्रो गीत ‘आँखा आँखा जुधी’ रिलिज

काले दाईको दोस्रो गीत ‘आँखा आँखा जुधी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘काले दाई’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । इन्द्र रामजालीको शब्द तथा संगीत रहेको ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अभिनेता इन्द्र रामजाली र अभिनेत्री अनु पराजुलीलाई फिचर्ड गरिएको छ ।गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा वाचन गरेको सिनेमामा इन्द्र र अनुका अलवा शिशिर भण्डारी, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ । इन्द्र रामजाली र किशन अर्यालको कथा रहेको सिनेमालाई शिव शर्माले निर्देशन गरेका हुन् ।

https://youtu.be/JnoLwygd_u8

निर्माण टिमका अनुसार एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावको कथा सिनेमाले भन्ने छ । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । सिनेमामा पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।