मल्टिस्टारर सिनेमा ‘पोइ पर्यो काले’को ट्रेलर रिलिज

मल्टिस्टारर सिनेमा ‘पोइ पर्यो काले’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टिस्टारर सिनेमा ‘पोइ पर्यो काले’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । दशैंको शुभकामना सहित बुधबार सार्वजनिक गरिएको ट्रेलर कमेडी र कन्फ्यूजनले भरिएको छ । कालो वर्णको एक युवकको जीवनमा आउने उचार-चढावमा सिनेमाको कथा केन्द्रित रहेको ट्रेलरमा देख्न सकिन्छ । सौगात मल्ल र पुजा शर्माले पहिलो पटक अभिनय गरेको सिनेमा आगामी कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक ट्रेलरमार्फत् सिनेमाका कलाकारहरुको भुमिकालाई चित्रण गरिएको छ । सिनेमामा अभिनेत्री पूजाको नाम पूजा शर्मा नै राखिएको छ । उनलाई आफू निकै राम्री रहेको घमण्ड छ । काले वर्णको युवक पिटिक्कै मनपराउँदिनन् । सौगातले भने कालो वर्णको एक युवकको भूमिकामा निभाएका छन् । उनी पूजालाई मनपराउँछन् । अभिनेता आकाश श्रेष्ठलाई नयाँ-नयाँ युवतीसँग रोमान्स गर्ने पात्रको रुपमा देखाइएको छ ।

अभिनेत्री श्रृष्टि श्रेष्ठले पूजाको साथीको भूमिका निर्वाह गरेकी छन् । उनलाई आकाशले मनपराउँछन् । तर, ट्रेलरको अन्तिम दृश्यले सिनेमामा को-कसको जोडी ? भन्ने कन्फ्यूज बनाउँछ । सिनेमामा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ । शिव ढकालले छायाँकन गरेको सिनेमाका गीतमा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई सिनेमाकी कार्यकारी निर्माता हुन् । सिनेमाका लेखक तथा निर्देशक शिशिर राणा हुन् । सिनेमामा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।