ऋतिक र टाइगरको ‘वार’ले पहिलो दिनमै रच्यो इतिहाँस

ऋतिक र टाइगरको ‘वार’ले पहिलो दिनमै रच्यो इतिहाँस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गान्धी जयन्तीको अवसरमा घरेलु बक्सअफिसमा रिलिज सिनेमा ‘वार’ले इतिहाँस रच्न सफल भएको छ । यसअघिका सम्पूर्ण रेकर्ड भत्काउदै ऋतिक रोशन र टाइगर श्रोफ स्टारर सिनेमाले भारतमा ५३.३५ करोडको ओपनिङ गरेको हो ।


सिनेमाले हिन्दीमा ५१.६० करोड र तामिल र तेलुगुमा १.७५ करोडको कमाएको हो । हिन्दी सिनेमाको रेकर्ड तोड्ने क्रममा ‘वार’ले आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’को कलेक्सनलाई उछिनेको छ । ‘ठग्स अफ हिन्दोस्तान’ले पहिलो दिन हिन्दी भर्सनमा मात्रै ५०.७५ करोड कमाएको थियो ।

अब ‘वार’ बलिउडकै सर्वाधिक ठुलो ओपनिङ गर्ने सिनेमा बनेको छ । यसै वर्ष रिलिज भएको हलिउड सिनेमा ‘एभेन्जर्स: इन्डगेम’को भारत ओपनिङलाई पनि ‘वार’ले उछिनेको छ । हलिउडको सुपरम्यान फ्लिकले ५३.१० करोडको ओपनिङ गरेको थियो ।

सिद्दार्थ आनन्द निर्देशित ‘वार’लाई दर्शक तथा समिक्षकले राम्रो भनेका छन् । एक्सन हिरोमा स्थापित ऋतिक र टाइगरको जोडीलाई दर्शकले रुचाएका छन् । त्यसैले सिनेमाले विकेन्डमा पनि ठुलो रेकर्डहरु भत्काउने अनुमान गरिएको छ ।